स्वरुपको पोल्टामा काठमाडौं फेशन मोडलको उपाधि - Crazysaptahik.com

स्वरुपको पोल्टामा काठमाडौं फेशन मोडलको उपाधि

क्रेजी साप्ताहिक
काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गरेको काठमाडौं फेशन मोडलको उपाधि स्वरुप केसीले आफ्नो पोल्टामा पारेका छन् ।

काठमाडौंको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा बिहीबार आयोजित प्रतियोगितामा अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उनी प्रथम भएका हुन् ।

केसी विजेताको ताजसँगै विधागततर्फको मोस्ट चार्मिङ र अडियन्स च्वाइस अवार्डसमेत जित्न सफल बने । प्रतियोगितामा संगम पुन मगर फष्ट रनरअप भए भने विधागततर्फ मिस्टर हेन्डसमको उपाधी समेत हात पारे ।

प्रतियोगितामा अन्जली शाहले ‘मोस्ट पपुलर, मोस्ट ट्यालेन्ट र मोस्ट फोटोजेनिको उपाधिका साथै बेस्ट वाकको उपाधि पनि हात पारिन् । यस्तैगरी कनिस्क जोन्छें मल्टिमिडिया च्वाइस र मोस्ट एक्टिभ, अग्रता भट्टराई मोस्ट फ्रेन्डली, बिन्दु सरु मगर बेस्ट पर्सनालिटी, एजस्वी बुढाथोकी मिस ब्युटिफुल घोषित भए ।

यस्तै इभाना ताम्राकार मोस्ट क्युट र स्वप्न पौडेलले बेस्ट स्माइल अवार्डको उपाधि हात पारिन् । उपाधिसँगै विजेताले विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरे । प्रतियोगितामा मिडियाकर्मी सरोज ओझा, प्लस साइज मोडल सुजाता काफ्ले शाह, अभिनेता तथा मोडल ईश्वर बल्लभ उप्रेती र मोडल तथा महिला व्यवसायी शुसिला थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष डेबिल सिंह राजपूतले बालबालिकाहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने हेतुका साथ कार्यक्रम आयोजना गरिएको जनाए ।

सम्बन्धित खवर