चिनिया राष्ट्रपति सी आउँदा र जाँदा विमानस्थल बन्द - Crazysaptahik.com

चिनिया राष्ट्रपति सी आउँदा र जाँदा विमानस्थल बन्द

क्रेजी साप्ताहिक
पथरी । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा र जाँदा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान तथा अवतरण बन्द हुने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारेका छन् ।भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जनाएका छन् ।

प्रवक्ता तिवारीका अनुसार शनिबार अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्म notam जारी गरिएको छ । notam भीआईपीको आगमनपूर्व उडान तथा अवतरणमा पर्न सक्ने सम्भावित प्रभावबारे एयरम्यानलाई जानकारी दिन जारी गरिने सूचना हो ।शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् । विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ ।

त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान रोकिने भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रवक्ता तिवारीका अनुसार, आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तर्रा्ष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।

भीआईपीको मुभमेन्ट सहज पार्न विमानस्थलले notam जारी गरेर उडान तथा अवतरण स्थगित गर्दै आएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको आवागमन सहज पार्न यसपटक पनि विमानस्थलले उडान तथा अवतरण स्थगित गर्न लागेको हो । राष्ट्रपति सी शनिबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेर आइतबार बिहान स्वदेश फर्कने तालिका छ ।

अनलाइनखबरबाट

सम्बन्धित खवर