चलचित्र ‘पोई पर्यो काले’ कात्तिकमा - Crazysaptahik.com

चलचित्र ‘पोई पर्यो काले’ कात्तिकमा

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘पोई पर्यो काले’ । दीपक मनाङ्गेले निर्माण गरेको यो फिल्म कमेडी, सस्पेन्स र प्रेमकथाले भरिएको निर्माण युनिटले दाबी गरेको छ ।

दसैँको अवसर पारेर निर्माण युनिटले केही दिन पहिले ट्रेलर समेत रिलिज गरेको थियो । ट्रेलरमा पनि कमेडी, सस्पेन्स र प्रेकथाका दृश्यले प्रथामिकता पाएका छन् । कालो वर्णको केटा मन नपराउने एक युवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई समेत ट्रेलरले देखाउने प्रयास गरेको छ ।

‘पोई पर्यो काले’मा शिशिर राणाको कथा तथा निर्देशन छ । एक महत्वकांक्षी युवतीको श्रीमान् काले परेपछि उनको जीवनमा आइपर्ने उतारचढाप फिल्मले देखाउन खोजेको निर्देशक राणाले बताए ।

चलचित्रमा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो ।

किरण नेपालीले प्रस्तुत गरेको फिल्ममा निर्माताको रुपमा सरोज नेपाली र दिपक मनाङ्गे रहेका छन् भने अमलादेवी राई यसकी कार्यकारी निर्माता हुन् । लालबहादुर क्षेत्री र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन, शिव ढकालको छायाँकन फिल्ममा छ ।

सम्बन्धित खवर