सलमानको ’दबंग ३’ ट्रेलरमा यस्तो (भिडियो) - Crazysaptahik.com

सलमानको ’दबंग ३’ ट्रेलरमा यस्तो (भिडियो)

सलमान खान स्टारर सिनेमा ‘दबंग ३’ को ट्रेलर रिलिज भएको छ । सो ग्रेलर ३ मिनेट २२ सेकेन्ड लामो ट्रेलर पूर्ण एक्सन र कमेडीले भरिएको छ ।

प्रभु देवाले निर्देशित सिनेमामा सोनाक्षी सिन्हा, सुदीप किच्चा, माही गिल, अरबाज खान लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । यसै फिल्मबाट अभिनेता, निर्माता तथा निर्देशक महेश माझेंकरकी छोरी साई माझेंकरले बलिउडमा डेब्यु गर्दै्छिन् ।

२० डिसेम्बरमा रिलिज हुने सिनेमाको कथा सलमान आफैले लेखेका हुन् । पटकथामा उनले प्रभु देवा, दिलिप शुक्ला र अलोक उपाध्यायले सहकार्य गरेका छन् ।

हेर्नुहोस् ट्रेलर :

सम्बन्धित खवर