मुन्द्रेको कमेडी क्लब फेरि सुरु हुँदै, दिपाको ठाउमा अभिनेत्री करिष्मा अध्यक्ष - Crazysaptahik.com

मुन्द्रेको कमेडी क्लब फेरि सुरु हुँदै, दिपाको ठाउमा अभिनेत्री करिष्मा अध्यक्ष

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बन्द भएको ‘मुन्द्रेको कमेडी क्लब’ अब सञ्चालनमा आउने भएको छ । जीतु नेपालले सञ्चालन गर्ने यो शो केही दिनमा नेपाल टेलिभिजनबाट प्रशारण हुँदैछ ।

स्वास्थ्य सुरक्षा अपनाएर शोलाई फेरि सञ्चालनमा ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिए । शोको ४ भागको छायांकन पूरा भइसकेको छ । पहिलो सिजनमा कमेडी क्लबको अध्यक्षमा दीपाश्री निरौला थिइन् । तर, दोस्रो सिजनमा उनको ठाउँमा अभिनेत्री करिश्मा मानन्धरले प्रवेश भएको छ । करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजनमा आफूले अध्यक्षता ग्रहण गरेको बताएकी छन् ।

जीतु नेपालको आग्रहमा आफू शोमा आबद्ध भएको उनको भनाई छ । उनले यो भूमिका आफ्नो लागि नौलो रहेको बताएकी छन् । निर्देशक तथा कलाकार दीपाश्रीले भने घुमाउरो शैलीमा ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिरिजमा आफू नरहने बताएकी छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा उनले पहिलो सिरिजमा अध्यक्षमा चुनेर रमाइलो कुर्सीमा बस्ने अवसर दिएकोमा जीतु नेपाललाई धन्यवाद दिएकी छन् । उनले निकट भविष्यमा केही फरक कार्यक्रमका साथ टेलिभिजनमा फर्किने बताएकी छन् ।

सम्बन्धित खवर