‘भोलि आएर मेरी छोरी जोया र छोरा फरहानले ड्रग्स लिन्छन् भन्ने थाहा पाएँ भने...’ - Crazysaptahik.com

‘भोलि आएर मेरी छोरी जोया र छोरा फरहानले ड्रग्स लिन्छन् भन्ने थाहा पाएँ भने…’

 

 

पछिल्ला केहि दिनदेखि फिल्म इन्डष्ट्रिमा ड्रग्सको प्रयोग गरिने विषयमा तगडा बहस चलेको छ । फिल्म इन्डष्ट्रि यतिबेला सबैको निशानामा छ । केही सेलिब्रिटीले बलिउडमा ड्रग्स चल्छ भनेर खुल्ला रुपमा कुरा गरेका छन् भने कतिले यो आरोपलाई अस्विकार गरेका छन् र फिल्म इन्डष्ट्रिलाई बदनाम गर्नका लागि गरिएको षड्यन्त्र बताएका छन् । यो मुद्दाको विषयमा अहिलेसम्म थुप्रै ठूल्ठूला सेलिब्रिटीको बयान पनि सार्वजनिक भइसकेको छ ।

अब ड्रग्सको विषयमा जावेद अख्तरको पनि बयान आएको  जावेदले भोलि आएर उनकी छोरी जोया र छोरा फरहानले ड्रग्स सेवन गर्छन् भन्ने थाहा पाउँदा उनले के गर्छन् भनेर स्पष्ट कुरा राखेका छन् । बरखा दत्तसँगको कुराकानीमा जावेद अख्तरले भने, ‘म उनीहरुलाई यस्तो नगर भनेर सम्झाउँछु, तर उनीहरु अहिले ठूला भइसके ।

म पनि पहिला दैनिक रक्सी पिउँथे तर सन् १९९१ मा रक्सी पिउन छोडेपछि आजसम्म एक घुट्को पनि पिएको छैन । अब म यो नतिजामा पुगेको छु कि यदि तपाईंलाई कुनै पनि प्रकारको नशाको बानी लागेको छ भने यसले तपाईंलाई हानी गर्नसक्छ ।’ जावेदले थपे, ‘यदि भोलि आएर मलाई मेरी छोरीले ड्रग्स लिन्छिन् भन्ने थाहा पाएँ भने, म उनलाई यस्तो नगर्न भन्छु ।

यदि उनले मेरो सल्लाह मान्छिन् भने राम्रो कुरा हो तर सुन्दिनन् भने पनि ठिकै छ किनभने उनी अब हुर्किसकेकी छिन् । म आफ्नो छोरामाथि पनि यस्तै गर्नेछु ।’ गाँजालाई भारतमा वैधानिकता दिनुपर्छ त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यो खासै ठूलो मुद्दा होइन । साधारणतया धेरै मानिसहरुले यसको सेवन गरिरहेकै हुन्छन् । तर हो, यो स्वास्थ्यका लागि राम्रो भने होइन ।’

सम्बन्धित खवर