किन सुरु भएन ‘ए मेरो हजुर ४’को छायांकन ? - Crazysaptahik.com

किन सुरु भएन ‘ए मेरो हजुर ४’को छायांकन ?

केहि दिन अगाडि चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले चलचित्रको छायांकन सुरु गर्ने बताएका थिए । सरकारले छायांकनका लागि अनुमति नदिदै उनले शुक्रबारदेखि काम सुरु गर्ने बताएका थिए । चलचित्र छायांकनका लागि सबै तयारी पुरा भएको भन्दै उनले करिब १५ दिन काम गर्न पाएको खण्डमा छायांकन सकिने बताएका थिए ।

तर, शुक्रबारदेखि छायांकन सुरु गर्ने बताएपनि काम भने सुरु हुन सकेन । निर्माता थापाले, आफूहरुले सरकारले अनुमति दिएपछि मात्रै छायांकन सुरु गर्ने निर्णय गरेको प्रतिक्रिया दिए । उनले अनलाइनखबरसँग भने–‘शुक्रबारदेखि छायांकन सुरु गर्ने हाम्रो योजना थियो । तर, अब हामीले निर्णय परिवर्तन गरेका छौ । सरकारले अनुमति दिएको भोलीपल्टै हामी छायांकनमा जान्छौ ।’

सरकारले चलचित्र छायांकनको अनुमति केही दिनमै दिने आशामा केही निर्माता बसेका छन् । झरना थापाले निर्देशन गरिरहेको यो चलचित्रको ५० प्रतिशत काम सकिएको छ । चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । सरकारले छायांकनको अनुमति नदिएपनि केही चलचित्रका निर्माताले काम सुरु गर्ने भन्दै छायांकनको घोषणा गरेका थिए । तर, कुनै पनि चलचित्रका निर्माताले काम सुरु गर्न भने सकेनन् ।

सम्बन्धित खवर