आफ्नै भनी स्वीकारे डराउदिन कहिले ,
तिम्रो साथ पाए अब हराउदिन कहिल्यै (२)
कति मिठा ती तिम्रा बातहरु आहा!
सुनेर म हराउछु कराउदिन कहिल्यै (२)
सहनसिलताको बाटो देखाउदै उसलाई ,
तिमी गलत हो भनी ठह¥याइ न कहिल्यै (२)
तिमी त एक कस्तुरी बास्ना हौ,अरु सुवासलाई मन पराउदिन कहिल्यै (२)
दुनियाँले जे सुकै भनोस अब ,
आफ्नो बाटो छोडेर कहिल्यै अन्त कदम चलाउदिन कहिल्यै (२)
- यमुना आचार्य (मन्सुन)