१९ दिनमै सकियो फिल्म ‘ग्रीन बर्ड’ - Crazysaptahik.com

१९ दिनमै सकियो फिल्म ‘ग्रीन बर्ड’

फिल्म ‘ग्रीन बर्ड’ को छायांकन सकिएको छ । १९ दिनमै फिल्मको छायाँकन सकिएको निर्माण युनिटले जानकारी दियो । २५ दिनको सेड्युल सहित छायांकनमा निस्किएको फिल्म अनुमानित समय अगाडि नै सकिएको हो । चितवन–नवलपुरमा छायाँकन भएको फिल्मका निर्देशक प्रमोद कँडेल हुन् ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्त, कमलमणि नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको छ । एक युवतीको संघर्षको कथा ब्यक्ति गर्ने फिल्म योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको हो ।  फिल्ममा सुरक्षाले माइक्रोबायोलोजी अध्ययन गर्ने २२ वर्षिय युवतीको भूमिका निर्वाह गरेकी छन् ।फिल्म यसैवर्ष भित्र प्रदर्शनमा आउने बताइएको छ ।

सम्बन्धित खवर