मिस कोशीको उपाधि प्रशिकालाई - Crazysaptahik.com

मिस कोशीको उपाधि प्रशिकालाई


विराटनगर । छैठौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन् । सुनसरीको इटहरी सम्पन्न भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन् ।

बिजेता बनेकी प्रशिकाले स्कुटी र विभिन्न गिफट ह्याम्पर पनि प्राप्त गरिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिताको अर्गनाइजेसन च्वाइस बिजेतामा झापा चारआलीकी पेरिसा बुढाथोकी घोषित भइन् ।

प्रतियोगिताको फस्ट रनरअप विराटनगरकी आयुषा आचार्य, सेकेण्ड रनरअप मोरङ बेलबारीकी प्रतिक्षा कार्की र थड रनरअप विराटनगरकी अनुपाा विष्ट घोषित भएको जय मिडिया म्यानिजमेन्ट प्रालिकी सिइओ निशा खतिवडाले जानकारी दिइन् ।

प्रतियोगितामा मिस ट्यालेन्डको एवार्ड आयुषा आचार्य, मिस डिसिपिलेनमा पुर्णीमा देवी घिमिरे, मिस फोटोजेनिक एवार्डको उपाधि आकृति गिरीले जितिन् ।

यस्तै मिस फ्रेण्डसिप एन्जिला पन्त, मिस क्याटवक रिजा तामाङ, मिस ब्यूर्टी विइद ब्रेन आयूषा आचार्य घोषित भइन् भने मिस पब्लिक च्वाइसको एवार्ड पेरिशा बुढाथोकीले जितिन् ।

यस्तै मिस मल्टिमिडिया प्रतिक्षा कार्की, मिस पपुलर दीपा साह, मिस स्मायल प्रशिका श्रेष्ठ, मिस कन्फिडेन्ट प्रकृति फुयल, मिस ब्यूटिफुल सन्तोषीमाया श्रेष्ठ घोषित भएकी थिइन् । कार्यक्रममको प्रमुख अतिथि अभिनेत्री रेखा थापा रेही थिइन् ।

प्रतियोगिताको निर्णायकहरूमा विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्की, मिडिया क्षेत्रदेखि बिकास लामिछाने, कानुन व्यवसायी राजु बावु ढकालल, मोडल आकांक्षा विश्वकर्मा रहेको जय मिडिया म्यानेजमेन्टका चेयरमेन जय राज रायले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.