बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मुम्बइको क्रुज पार्टीमा एनसीबीले छापा मार्दा शनिबार पक्राउ परेका थिए । उनी, अहिले पनि एनसीबीको हिरासतमा छन् । उनलाई एनसीबीले आज अदालतमा पेश गर्दैछ ।
आर्यनका वकिलले आज उनको जमानतका लागि अदालतसमक्ष अपिल गर्नेछन् । आर्यन पक्राउ परेपछि उनको समर्थनमा साहरुखका फ्यानदेखि बलिउडकर्मी अगाडि आएका छन् ।
फ्यानहरुले आर्यनको समर्थनमा सामाजिक संजालमा मात्र नभएर सडकमा समेत आफ्नो उपस्थिती जनाइरहँदा बलिउडकर्मीले पनि आफ्नो भनाई कमै मात्र राखेको देखिन्छ ।
यसैविच, बलिउड नायक ऋतिक रोशनले आर्यनलाई सामाजिक संजालबाट एक पत्र लेख्दै जीवन एउटा अनौठो यात्रा भएको उल्लेख गरेका छन् । ऋतिकले लेखेका छन्–‘प्रिय आर्यन, जीवन एउटा अनौठो यात्रा हो ।
यो महान् छ किनकी यो अनिश्चित छ । यो ठूलो यसकारण छ कि, यसले तिमीलाई कहिलेकाही घुमाउरो बल फ्याक्ने गर्दछ तर भगवान दयालु छन् । उनले सबैभन्दा कठिन व्यक्तिहरुलाई खेल्नका लागि कठिन बल दिने गर्दछन् ।
यो कठिन खेल खेल्नका लागि भगवान्ले तिमीलाई रोज्नुको कारण यसको दबाब महशुश गर्न तिमी सक्षम छौं भन्ने हो ।’ऋतिकले अब यो कुरा महशुश गर्न आर्यन सक्षम भएको पनि उल्लेख गरेका छन् । ऋतिक अगाडि लेख्छन्–‘क्रोध, भ्रम, असाहयता लगायतका कुराहरुले तिमी भित्र रहेको हिरोलाई बाहिर ल्याउन मद्दत गर्छन् ।
तर, होसियार रहनुपर्छ । किनकी, ती कुराहरुले तिमी भित्रको राम्रो कुरालाई पनि जलाउन सक्छन् । कुन कुरालाई आफू भित्र राख्ने र कुन कुरालाई बाहिर फाल्ने भन्ने कुराको अनुभव तिमी आफैले गर्न जरुरी छ ।’
ऋतिकले गल्ती, असफलता, विजय, सफलता लगायतका कुराले अगाडि बढाउन मद्दत गर्ने ऋतिकको भनाई छ । ऋतिकले आर्यनलाई संझाउँदै लेखेका छन्–‘म तिमीलाई एक बच्चाको रुपमा चिन्छु र एक मानिसको रुपमा जान्दछु । आज तिमीले जे कुरा पनि अनुभव गर्छौ, त्यसको मालिक तिमी नै हौं ।
समयले तिमीलाई हरेक विन्दुसँग जोड्ने काम गर्दछु । मलाई विश्वास गर, तिमीले यी कुराहरु विस्तारै संझनेछौं । यो समय तिम्रो लागि एउटा निर्माता हो । अब, यो समय तिमीसँगै एउटा उज्यालो घाम जसरी चम्किदैछ ।
तर, यसका लागि तिमीलाई अध्यारोसँग गुज्रिनुपर्नेछ । तर पनि शान्त रहुन । किनकी, उज्यालोमाथि भरोसा गर । यो तिमी भित्रै हुनेछ । म तिमीलाई धेरै प्रेम गर्छु ।’