‘बुलाकी’ मा सुरक्षा पन्त - Crazysaptahik.com

‘बुलाकी’ मा सुरक्षा पन्त

अभिनेत्री सुरक्षा पन्त फिल्म ‘बुलाकी’ मा अनुबन्धित भएकी छन् । फिल्म ‘ग्रीन बर्ड’ को छायाँकन भर्खर पुरा गरेकी पन्तसँगै यो फिल्ममा नरेन खड्का समेत मुख्य भूमिका रहेको छ । अभिनेता नरेनले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै फिल्मको बारेमा जानकारी दिएका छन् ।

जारी प्रथाको कथामा बन्न लागेको फिल्मको कात्तिकबाट छायाँकन सुरु हुनेछ । फिल्ममा विराज विस्ट, अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहनेछ । लक्ष्मण सुनारको निर्देशन रहने फिल्मको अधिकांश छायाँकन डोल्पामा हुनेछ ।

कर्णालीको भाषा समेटिने फिल्मका निर्माता मोति विष्ट र गोपाल बिस्ट हुन् भने सह–निर्मातामा प्रकाश कँडेल (सौगात) रहेका छन् । शिव ढकालको छायाँकन, श्रीकृष्ण बल मल्लको संगीत र शिव परियार÷प्रविशा अधिकारीको स्वर फिल्ममा रहनेछ ।

सम्बन्धित खवर