जेल पुगे शाहरुख खानका छोरा आर्यन खान, सार्वजनिक भए तस्बिर - Crazysaptahik.com

जेल पुगे शाहरुख खानका छोरा आर्यन खान, सार्वजनिक भए तस्बिर

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका छन् । ७ अक्टोबर उनले एनसीबीको कार्यालयमा नै बिताए । यसका साथै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहे ।

आर्यन खानलाई जेल लिएर जाँदै गरेका केही तस्बिर भारतीय सञ्चार माध्यम आजतकले सार्वजनिक गरेको छ । आर्यन खानको जमानतको केसको सुनुवाई चलिरहेको छ । आर्यन खान र अन्य ८ आरोपी पनि न्यायिक हिरासतमा छन् । त्यसैले उनीहरुलाई एनसीबीद्वारा जेल लगिएको हो ।

आजको दिन उनका लागि निकै महत्वपूर्ण राख्छ । आर्यन खानले आज जमानत पाउलान् वा जेल जालान् यसबारे चाँडै नै निर्णय हुनेछ । आर्यन खान र अन्य ८ आरोपीको जमानतको याचिकामाथि हाल सुनुवाई चलिरहेको छ तर यसअघि नै एनसीबी एक्सनमा आएको छ र उनले आर्यन खानसमेत सबै ८ आरोपीलाई जेल लिएर जाँदै छन् ।

सम्बन्धित खवर