कानेपोखरी ४ को पार्टी अध्यक्षको लागि निर्वाचन हुँदै, अन्य पदाधिकारी सर्वसम्मत - Crazysaptahik.com

कानेपोखरी ४ को पार्टी अध्यक्षको लागि निर्वाचन हुँदै, अन्य पदाधिकारी सर्वसम्मत

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा रहेका ७ वटा वडाहरूमा एकैसाथ नेकपा एमालेको प्रथम ऐतिहासिक वडा अधिवेशन सम्पन्न भएको छ ।

७ वटै वडाका वडा कमिटी पदाधिकारीहरू सर्वसम्मत चयन हुँदा ४ नं. वडाको अध्यक्ष पदका लागि भने निर्वाचन हुने पक्का भएको छ । अध्यक्ष पदका लागि दिनेश सुब्बा र टेकबहादुर तामाङ बिच प्रतिस्पर्धा हुने लागेको हो । चुनाव भोलि आइतबार बिहान ८ बजेदेखी ११ बजेसम्म हात्तिडुब्बा चोकमा हुँदैछ । यी दुई अध्यक्षका उम्मेदवारहरूबाट एकजना छान्नको लागि सोही वडाका ३०५ जना एमाले संगठित सदस्यहरूले भोट हाल्नेछ्न ।

आज शनिबार हात्तीडुब्बा स्थित सुर्योदय आधारभूत विद्यालयमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्ष बाहेक अन्य सम्पूर्ण पदका पदाधिकारीहरू सर्वसम्मत चयन भएको अधिवेशनका सहजकर्ता सुशील बुढाथोकीले बताए। उपाध्यक्षमा कौशिला कार्की, सचिवमा नगेन्द्र बस्नेत, उपसचिवमा उदिप सुब्बा र एविन पाठक चयन भएका हुन । त्यसैगरी सदस्यहरूमा पुरुष १६ र महिला १० गरि २६ सदस्यहरू चयन भएका हुन ।

 

 

 

सम्बन्धित खवर