बलिउड नायक अक्षय कुमार चलचित्रको मेसिन नै हुन भन्दा फरक नपर्ला । आउँदो बर्ष अक्षयको आधा दर्जन भन्दा बढी चलचित्र रिलिज हुँदैछ । यसैबिच, उनको नयाँ चलचित्र ‘ओ माई गड २’को छायांकन पनि सुरु गरिएको छ ।
अक्षयले यो चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । यो चलचित्रमा उनी भगवान् शिवको भूमिकामा देखिदैछन् । उनको साथमा कलाकार पंकज त्रिपाठी मुख्य भूमिकामा छन् । सन् २०२१ मा रिलिज भएको चलचित्र ‘ओ माई गड’मा अक्षय भगवान् कृष्णको भूमिकामा देखिएका थिए ।
अक्षयले एउटा महत्वपूर्ण सामाजिक मुद्दालाई यो चलचित्रले उठान गर्ने उल्लेख गरेका छन् । यो चलचित्रलाई अमित रायले निर्देशन गर्दैछन् । चलचित्रमा यामी गौतमको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन उज्जैनमा सुरु भएको छ ।
१७ दिनसम्म चलचित्रको छायांकन उज्जैनमा गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन महाकाल मन्दिर, रामघाट, कालभैरव मन्दिर लगायतका स्थानमा गरिनेछ ।