‘काँडेतार’ मा भित्रिन् रेविका - Crazysaptahik.com

‘काँडेतार’ मा भित्रिन् रेविका

नवल खड्को निर्देशन रहने फिल्म ‘काँडेतार’ मा अभिनेत्री रेविका गुरुङ अनुबन्धित भएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा गुरुङ फाइनल भएको निर्माता नवल खड्काले जानकारी दिए । ‘मारुनी’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी रेविकाको यो दोस्रो फिल्म हो ।

टीभीसीबाट अभिनयमा डेब्यु गरेकी उनीसँग र्याम्प सो, टीभीसी र बङ्गाली म्युजिक भिडियो अभिनय गरेको अनुभव समेत छ । फिल्मको मुख्य भूमिका लागि यस अगाडि अभिनेता गौरव पहारी, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की लगायत अनुबन्धित भएका थिए ।

निर्देशक खड्काको समेत मुख्य अभिनय रहने फिल्म खड्काले शंकर कार्कीसँग मिलेर बनाउन लागेका हुन् । नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुमा निर्माण हुन लागेको फिल्म राष्ट्रभक्तिले ओतप्रोत हुने निर्देशक नवलले बताए ।

‘दुई मुलुक बीचको खुला सीमाको समस्या र समाधानको विषय फिल्मले गहिरिएर देखाउने छ’ निर्देशक नवलले भने, ‘फिल्मले दुबै देशलाई समस्या समाधानको बाटो समेत दिनेछ ।’ फिल्म कुनै देश बिरुद्ध नभएको जनाएका खड्काले भारतमा पनि फिल्म रिलिज हुने बताए ।

यसअघि राष्ट्रियताको बिषयमा दशगजा, भिमदत्त लगायत फिल्म बनाएका खड्काले डेढ करोड लागतमा फिल्म निर्माण गर्न लागेका हुन् । सामना फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण हुने फिल्म छिट्टै छायाङ्कनमा जाने आफुले तयारी गरेको खड्काले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.