बलिउडमा कलाकारको प्रेम र बिहेको चर्चा दिनहुँ चल्छ । केही कलाकार आफ्नो प्रेमको खबरलाई सार्वजनिक गर्छन् भने धेरै कलाकार यसलाई लुकाउने कोशिश गर्छन् ।
बलिउडमा विगत केही महिनादेखि नायक विक्की कौशल र नायिका कट्रिना कैफको प्रेमको चर्चा चलिरहेको छ । यी दुई कलाकार सार्वजनिक रुपमा एकसाथ पनि देखिएका छन् ।
तर, दुबैले प्रेमको बिषयलाई स्विकार भने गरेका छैनन् । यसैविच, केही दिनदेखि भारतीय मिडियामा कट्रिना र विक्कीको बिहेको खबरले स्थान पाउन थालेको छ ।
कट्रिना र विक्कीले डिसेम्बर महिनामा बिहे गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार, विक्की र कट्रिनाको बिहेको लागि पहिरन चर्चित फेसन डिजाइनर सब्यसाचीले डिजाइन गरिरहेका छन् ।
कट्रिनाले बिहेमा लगाउनका लागि लेहेंगा रोजेकी छिन् । उसो त, कट्रिना र विक्की अगष्ट महिनामै बिहे गरेको खबर समेत सार्वजनिक भएको थियो । विक्कीले भने बिहेको समय आएपछि मिडियालाई यो बिषयको जानकारी दिने बताउँदै आएका छन् ।