कानेपोखरीमा भेट्रान कप सुरू - Crazysaptahik.com

कानेपोखरीमा भेट्रान कप सुरू

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका-०६, दहिधापमा ३०+भेट्रान कप-२०२१ आज बुधबारबाट सुरू भएको छ। पथरी शनिश्चरे -०९ मा रहेको पिपलडाँडा फुटबल क्लबले आयोजना गरेको कपमा स्थानिय ८ टिमको सहभागीता रहेको छ ।

बुधबारदेखि सुरू भएको कपको उद्धघाटन खेल पौडेल चोक फुटबल क्लब कानेपोखरी र पाथिभरा फुटबल क्लब पथरी शनिश्चरे कुशेका बिच भएको थियो । १ का विरुद्ध २ गोल गर्दै पौडेल चोक फुटबल क्लबले जित निकाल्दा पौडेल चोकका लागि प्रविन राई र तारामान घिसिङले गोल गरेका थिए भने पाथीभरा फुटबल क्लबका लागि एकमात्र गोल डम्बर लिम्बूले गरेका थिए । बिहिबार आयोजक पिपलडाँडा फुटबल क्लब र नवदिप फुटबल क्लबका बिच खेल हुनेछ ।

३० वर्ष पुगेका व्यक्तिहरूले मात्र सहभागीता जनाउँन पाउने यस प्रकारको प्रतियोगिता बिरलै मात्र आयोजना भएको पाइन्छ । खेल क्षेत्रबाट केही पर रहेका व्यक्तिहरूलाई पुनः खेल क्षेत्रमा आकर्षित गर्ने सोचका साथ यस प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक मुकन लिम्बुले बताए ।

खेलमा पहिलो र दोश्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन तर आयोजकले विजेता र उपविजेतालाई कति-कति पुरस्कार रकम प्रदान गर्ने भनेर घोषणा भने गरेको छैन । पुरस्कार रकम आकर्षक छ तर फाइनलको अघिल्लो दिन मात्र सार्वजनिक गर्नेछौं आयोजकले जानकारी दिएको छ । खेल कानेपोखरी ६ दहिधाप स्थित नवदिप क्लबको खेलमैदानमा भइरहेको छ । खेल कार्तिक १० गते बुधबारदेखि सुरू भएको छ भने फाइनल खेल १७ गते हुने खेल संयोजक लिम्बूले जानकारी दिए । हरेक दिनको खेल दिनको ठिक २ बजेबाट सुरू हुनेछ ।

भेट्रान कप, ४० वर्ष नाघेका खेलाडीहरू बीच खेलाइएको एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । जसलाई चितवनको भरतपुरमा पहिलो पटक आयोजना गरिएको थियो।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.