क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वार्ड नं. ७ मा “प्रथम वडा अध्यक्ष (अन्तर वडा स्तरीय नकआउट) क्रिकेट कप-२०७८” शुक्रबारबाट सुरु हुँदैछ । ७ नं. वार्डमा रहेको मितेरी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित पालिका भित्रका सातवटै वडाहरूको सहभागीता रहने आयोजक क्लबका सचिव अनिल परियारले बताए । खेल कार्तिक १२ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम र दोश्रो हुने क्रिकेट टिमले क्रमश नगद बिस हजार र दश हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव परियारले जानकारी दिए । प्रत्येक दिनको खेलपछी उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई म्यान अफ दि म्याच स्वरुप १ हजार रुपैयाँ पनि प्रदान गरिने परियारले बताए ।
खेललाई मुख्य सहयोग ७ नं. वडा कार्यालयले गरेको छ भने उद्धघाटन खेल आईबारे स्थित जनकल्याण मावीको खेल मैदानमा बिहानको ठिक १० बजेबाट सुरू हुनेछ । पहिलो खेल आयोजक मितेरी युवा क्लब र वार्ड नं. १ का बिच हुँदैछ ।


