ऋचा शर्माको फिल्म ‘कौसीद’ पुस १५ मा - Crazysaptahik.com

ऋचा शर्माको फिल्म ‘कौसीद’ पुस १५ मा

ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’को प्रदर्शन मिति तय भएको छ । पूर्वनिर्धारित मिति स्थगित भएपछि निर्माताले आगामी पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेका हुन् । निर्माता केदार भुसालले वितरक र अन्य फिल्मको परिस्थितिलाई हेरेर उपयुक्त मिति तय गरिएको जनाए ।

फिल्मले ऋणको चपेटामा परेको पात्रको कष्टकर जीवन भोगाइको कथा पेस गर्छ । फिल्ममा भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराईको समेत अभिनय छ ।

नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको लेखन रहेको फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । फिल्मलाई कुमार भाष्करले निर्देशन गरेका हुन् । मुख्य भूमिकामा रहेकी ऋचा फिल्मकी प्रस्तुतकर्ता समेत हुन् ।

वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ । भुसालकै फिल्म ‘म राजेश हमाल’ पनि आगामी चैत १० गते रिलिज हुँदैछ ।

सम्बन्धित खवर