पपस्टार म्याडोनाको टिकटक भिडियोले विश्व चकित, आफू ‘गे’ भएको खुलासा - Crazysaptahik.com

पपस्टार म्याडोनाको टिकटक भिडियोले विश्व चकित, आफू ‘गे’ भएको खुलासा

आइतबार टिकटकमा पोस्ट गरेको भिडियोमा ६४ वर्षीया अमेरिकी पपस्टार म्याडोनाले गुलाबी रङको अन्डरवेयर समातेको देखिन्छ । भिडियोको क्याप्सन छ– इफ आई मिस, आइएम गे ।

(मैले यो गुमाएँ भने म गे हुँ) । त्यसपछि उनले उक्त पेन्टीलाई डस्टबिनमा फ्याँक्छिन् । यो भिडियो संयोगवस पोस्ट गरिएको थिएन । अमेरिकाको राष्ट्रिय कमिङ आउट डेको छेकोमा यो भएको थियो ।

‘८० वर्षको उमेरमा यो के भइरहेको छ ?’ एक टिकटक प्रयोगकर्ता भिडियोमा कमेन्ट गर्छन्, ‘के म्याडोना यथार्थमा आएकी हुन् ? के म वास्तविक समयको साक्षी बनेको हुँ ?’ दशकभन्दा लामो समयदेखिको आफ्नो यौन झुकाव र गे समलिंगीप्रतिको सद्भावले उनलाई एक समलिंगी अधिकारवादी सेलिब्रिटीको छविको रुपमा स्थापित गरेको थियो ।

यी संकेतहरुका बाबजुद स्थापित गायिकाले आफूलाई गेको रुपमा खुलाएकी हुन् । सन् २००३ मा आयोजित एमटीभी म्युजिक भिडियो अवार्ड समारोहमा उनले ब्रिट्नी स्पेयर्स र क्रिस्टिना एगुलिएरालाई चुम्बन गरेकी थिइन् ।

सन् ८० को दशकमा हिट गीतहरु ‘लकी स्टार’, लाइक अ भर्जिन’ र ‘मटेरियल गर्ल’बाट स्टार बनेकी म्याडोनाले त्यसपछि एचआईभी एड्सविरुद्ध अनुसन्धान र जनचेतना जगाउने अभियान पनि थालेकी थिइन् ।

उनको संगीत र प्रस्तुतिले पनि समलिंगी समुदायप्रति समर्थन गर्दै आएका छन् । सन् १९८९ मा उनले गाएको गीत ‘एक्सप्रेस योरसेल्फ’ गे मानिसबीच निकै चर्चित थियो । हामीले उनलाई गे व्यक्तित्वको रुपमा चिनाउनुअघि उनले गे आइकनको रुपमा आफूलाई निर्माण गरेकी थिइन् ।

सन् १९९१ को एक अन्तर्वार्तामा उनले सबैजसो व्यक्तित्वमा समलैंगिक व्यवहार हुने बताएपछि धेरैले उनी बाइ–सेक्सुअल भएको लख काटेका थिए ।

सम्बन्धित खवर