रिस्ताले चिनाइन् प्रेमी, चाँडै बिहे गर्ने योजना - Crazysaptahik.com

रिस्ताले चिनाइन् प्रेमी, चाँडै बिहे गर्ने योजना

फिल्म ‘हिजोआजका कुरा’को प्रिमियर जमघटमा मात्र सीमित रहेन । त्यो जमघट ‘सेलिब्रिटी गसिप’को थलो समेत बन्यो । सोही प्रिमियरमार्फत अभिनेत्री रिस्ता बस्नेतले प्रेमी सार्वजनिक गरिन् । दुवै जनाले मिडियासँग हाइहेलो पनि गरे ।

रिस्ताले आफूहरुको रिलेसनसिपबारे पनि खुलासा गरिन् । रिस्ताका प्रेमी अजय सिंह ठकुरी अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र उनी हालै नेपाल आएका हुन् । आफूहरु झण्डै एक वर्षदेखि रिलेसनसिपमा रहेको रिस्ताले खुलाइन् ।

चाँडै बिहे गर्ने योजना समेत रहेको पनि उनले सुनाइन् । आफूहरु साथीभन्दा माथि रहेको स्वीकार्दै रिस्ताले आफूलाई अजयको धैर्य गर्ने क्षमता मनपर्ने बताइन् । ‘मलाई कसैले खुसीपूर्वक झेल्न सक्छ भने उहाँ नै हो,’ उनले भनिन् ।

अजयलाई पनि रिस्ताको बोली, आँखा र बानी व्यहोरा मनपर्दो रहेछ । आफूहरु यसअघि पनि दुईवटा फिल्मको प्रिमियरमा सहभागी भइसकेको पनि रिस्ताले बताइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.