जन्मभूमिमा देखिएको गलत प्रवृत्तिविरुद्ध मोरङ–३ मा मेरो उम्मेदवारी : रेखा थापा - Crazysaptahik.com

जन्मभूमिमा देखिएको गलत प्रवृत्तिविरुद्ध मोरङ–३ मा मेरो उम्मेदवारी : रेखा थापा

अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आफू जन्मिएको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न उम्मेदवारी दिएको बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले बिहीबार सुन्दरहरैंचा नगरपालिका–११ का मतदातासँगको भेटमा यस्तो बताएकी हुन् ।

समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको उनको भनाइ थियो ।

‘मेरो दायित्व यहाँको माटोसँग छ, यो क्षेत्रसँग छ । समानुपातिक भन्ने छँदै थियो । म यसरी भेला नभइकन पनि, तपाईंहरुसँग नभेटीकन पनि माननीय बन्ने मेरो उद्देश्य थियो भने म त्यहीं बसेर बन्न सक्थें,’ रेखाले भनिन्, ‘मलाई तपाईंहरुसँग भेट्नु थियो, तपाईंहरुसँग मलाई कुरा गर्नु थियो ।

मलाई यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घरपरिवार मेरा आफन्त हुन् । मैले यहाँको रक्षा गर्नुपर्छ र गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ ।’ रेखाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफैं समाप्त हुने समेत दाबी गरिन् ।

मोरङ–३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र नेकपा एमालेका भानुभक्त ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.