‘हिजोआजका कुरा’सहित पाँच फिल्म हलमा - Crazysaptahik.com

‘हिजोआजका कुरा’सहित पाँच फिल्म हलमा

शुक्रबार नेपालमा पाँच फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका छन् । साकार पन्त निर्देशित फिल्म ‘हिजोआजका कुरा’ यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको सिरिजकै फिचर स्वरुप हो ।

सन्तोष पन्त, दिव्यदेव, ऋचा शर्मा, रीमा विश्वकर्मा र रमा थपलियाको प्रमुख भूमिका रहेको फिल्मको लम्बाइ २ घण्टा ३० मिनेट छ । काठमाडौंको आधुनिक परिवारको कथा फिल्मले पेस गर्छ ।

खासगरी अघिल्लो दशकका दर्शक जसले हिजोआजका कुरा हेरेर हुर्किए, उनीहरुलाई फिल्म रुचिकर हुनसक्छ । समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरेको दक्षिण भारतीय फिल्म ‘कन्तारा’  प्रदर्शनमा आएको छ ।

‘केजीएफ २’ का निर्माताले निर्माण गरेको यो फिल्म विश्वभर प्रदर्शनमा आएको हो । रिशव सेट्टी निर्देशित फिल्ममा रिशवसहित सप्तमी गोदवा र किशोर कुमार जीको मुख्य भूमिका छ । फिल्मको लम्बाइ २ घण्टा २८ मिनेट छ ।

सलमान खान र चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’ भारतमा गत साता नै रिलिज भए पनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने आजदेखि रिलिज गरेको हो । ग्याङस्टरको कथावस्तु यसमा छ ।आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’ पनि रिलिज भएको छ ।

विषयगत फिल्म हेर्न रुचाउने गम्भीर दर्शकदेखि कमेडी रुचाउने दुवैथरी दर्शकलाई यसले आकर्षित गर्न सक्छ । यसले पुरुष गाइनोक्लोजिस्टको कथा भन्छ । ‘वान पिस रेड’ सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो ।

एनिमे सिरिजका फ्यान र दर्शकलाई लक्षित गर्दै नेपालमा रिलिज गरिएको यो फिल्म सीमित मल्टिप्लेक्समा लागेको छ ।

सम्बन्धित खवर