
महजोडी स्टारर फिल्म ‘महापुरुष’लाई बक्स अफिसमा राहत मिल्ने देखिएको छ । सौगात मल्ल र अनुपविक्रम शाही स्टारर एक्सन ड्रामा ‘लाखे’को प्रदर्शन मिति धकेलिएपछि ‘महापुरुष’ले एकल रिलिजको मौका पाएको हो ।

पूर्वनिर्धारित कात्तिक ११ गतेको मितिबाट ‘लाखे’ कात्तिक १८ मा पुगेको छ । अब ‘लाखे’को बक्स अफिस प्रतिस्पर्धा सलोन बस्नेत अभिनित ‘मिलन’सँग हुनेछ । फिल्म एउटै मितिमा आउने भएपछि शो विभाजन हुने र अन्ततः बक्स अफिस आँकडामा असर पर्ने समस्याबाट महापुरुषलाई राहत मिलेको छ ।
किनभने स्टारकास्टको हिसाबले ‘लाखे’ पनि बलियो फिल्म हो ।‘लाखे’ यसअघि तीनपटक सरिसकेको छ । दशैं छेकोमा रिलिज भएको लाखे ट्रेलरले राम्रो फिडब्याक प्राप्त गरेको छ ।

