‘दुई नम्बरी’को बक्सअफिस : दोस्रो शनिबार पनि आक्रामक, पहिलो साता साढे चार करोड - Crazysaptahik.com

‘दुई नम्बरी’को बक्सअफिस : दोस्रो शनिबार पनि आक्रामक, पहिलो साता साढे चार करोड

दोस्रो सातामा पनि दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी–सोसल ड्रामा फिल्म ‘दुई नम्बरी’ले उत्साहजनक कमाइ गरिरहेको छ । दोस्रो शनिबार पनि हलहरु ७० देखि शतप्रतिशत अकुपेन्सीमा चलिरहेका थिए ।

बलियो ‘वर्ड अफ माउथ’को कारण दोस्रो साता पनि फिल्मको कमाइ स्थिर हुने अपेक्षा गरिएको छ । नयाँ रिलिज भएका फिल्मको कमजोर ‘वर्ड अफ माउथ’को फाइदा ‘दुई नम्बरी’ले लिएको अनुमान छ ।

यस्तोमा, निर्माताले फिल्मको पहिलो साताको कमाइ सार्वजनिक गरेका छन् । निर्माताका अनुसार फिल्मले सात दिनमा ४ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकामा २ करोड २० लाख, चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरीमा २२ लाख, नेपालगञ्जमा १५ लाख, दमकमा १५ लाख, बिर्तामोडमा १४ लाख, विराटनगरमा १२ लाख, हेटौडामा १० लाख, धनगढीमा १० लाख, धरानमा ५ लाख, सुर्खेतमा ४ लाख ग्रस कमाएको जनाइएको छ ।

यसबाहेकका ठाउँबाट फिल्मले अनुमानित १५ लाख ग्रस कमाएको उल्लेख छ । रिलिजको दुई दिनमै फिल्मले लगानी उठाएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । दीपेन्द्र लामा निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बुद्दि तामाङ, उगेन छोदेनको अभिनय छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.