किड क्वीन–२०२२ को उपाधि १३ वर्षीया इरिना महर्जनलाई - Crazysaptahik.com

किड क्वीन–२०२२ को उपाधि १३ वर्षीया इरिना महर्जनलाई

चमतीकी १३ वर्षीया इरिना महर्जन बाल सौन्दर्य प्रतियोगिता किड क्वीन नेपाल–२०२२ को उपाधि चुम्न सफल भएकी छन् । रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले मिस फोटोजेनिक र पब्लिक च्वाइसको उपाधि पनि चुमिन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा ९ देखि १४ वर्ष उमेरसम्मका २५ बालिकाले प्रतिस्पर्धा गरेका थिए ।भक्तपुर सूर्यविनायककी इप्सा प्रजापति फस्ट रनरअप र कालीमाटीकी प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप घोषित भए ।

विजेताहरुले क्रमशः २५, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ति रेग्मी मिस ट्यालेन्ट फस्ट रनरअप, स्तुति कार्की मिस ट्यालेन्ट सेकेन्ड रनरअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवाक र प्रार्थना बज्राचार्य मिस क्युट घोषित भए ।

कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं पूर्वमिस नेवाः सुनिता डंगोल रहेकी थिइन् । कार्यक्रमको निर्णायकमा समाजसेवी सुरबहादुर श्रेष्ठ र देवराज डंगोललगायत थिए ।

उपप्रमुख डंगोलले समाजका लागि यसखाले प्रतियोगिता उपयोगी हुने बताइन् । ‘मैले मिस नेवाः नेपालको टाइटल जितेको १० वर्षसम्म लगातार विभिन्न काम गरें ।

बल्ल आज आएर मलाई विश्वास गरेर उपमेयर बनाइदिनुभएको छ । त्यसैले आफ्ना बालबालिकासँग भएको प्रतिभा पहिचान गर्नुपर्छ,’ उनले भनिन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.