नोरा फतेहीको बंगलादेश कन्सर्ट रोकियो, डलर बचत गर्न भन्दै सरकारले दिएन अनुमति - Crazysaptahik.com

नोरा फतेहीको बंगलादेश कन्सर्ट रोकियो, डलर बचत गर्न भन्दै सरकारले दिएन अनुमति

विदेशी मुद्रा सञ्चिती गर्नुपर्ने भन्दै बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीको राजधानी ढाकामा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा रोक लगाएको छ ।

विश्वभर विदेशी मुद्रा सञ्चितीको अवस्था भयावह भएकाले त्यसलाई ख्याल गर्दै फतेहीको कार्यक्रम रोकिएको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । त्यहाँको सांस्कृतिक मामिला मन्त्रालयले कार्यक्रम गर्न अनुमति नदिइएको भन्दै सूचना जारी गरेको छ ।

अभिनेत्री फतेहीले वुमन लिडरसिप कर्पोरेसनले आयोजना गर्न लागेको कार्यक्रममा नाच्ने र पुरस्कार वितरण गर्ने तयारी थियो । अक्टोबर १२ सम्म बंगलादेशमा विदेशी मुद्राको सञ्चिती ३६.३३ बिलियन डलरमा घटेको र यो रकम ६ महिनाको आयातका लागि पुग्ने सन्दर्भ समेत मन्त्रालयले उल्लेख गरेको छ ।

मोरक्कन–क्यानडेली मूलकी फतेहीले सन् २०१४ देखि बलिउड फिल्ममा डेब्यु गरेकी थिइन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले यस महिनाको अन्त्यमा बंगलादेश सरकारसँग ऋणबारे वार्ता गर्न टोली पठाउँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.