वरुण धवन र कृति सेननको हरर–कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक - Crazysaptahik.com

वरुण धवन र कृति सेननको हरर–कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

क्रेजी संवादाता
काठमाडौं । वरुण धवन र कृति सेनन स्टारर बलिउड फिल्म ‘भेडिया’को ट्रेलर रिलिज भएको छ । हरर–कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ ।

फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन् ।जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति रहेको भेडिया आगामी नोभेम्बर २५ मा सिनेमाघरमा रिलिज हुँदैछ ।

कृतिले यसअघि जियो स्टुडियोजका लुकाछिपी र मिमी फिल्ममा अभिनय गरेकी थिइन् , दुवै फिल्म हिट भएका थिए ।

 

 

 

सम्बन्धित खवर