सञ्चिताको ‘धड्कन–२’ फागुनदेखि फ्लोरमा जाने - Crazysaptahik.com

सञ्चिताको ‘धड्कन–२’ फागुनदेखि फ्लोरमा जाने

नरेश पौडेलको निर्देशन रहने फिल्म ‘धड्कन–२’ को छायांकन अगामी फागुनदेखि सुरु हुने भएको छ । निर्देशक पौडेलले फिल्मको छायांकन फागुनदेखि सुरु गर्ने तयारी भइरहेको बताए ।

पौडेल अहिले फिल्मको स्क्रिप्ट लेखनको अन्तिम ड्राफ्ट फाइनल गर्ने तरखरमा छन् । स्क्रिप्ट फाइनल भएपछि कलाकार तथा प्राविधिक छनोट गर्ने उनको योजना छ । फिल्मका लागि सञ्जिता लुइँटेल भने अभिनेत्रीको रुपमा फाइनल भएकी छन् ।

मौनता श्रेष्ठको लेखन रहेको फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जमा हुनेछ । क्राइम लभ स्टोरी बिषयमा निर्माण हुने फिल्म अगामी बर्षको दसैँमा रिलिज हुने निर्देशक पौडेलले जानकारी दिए ।
फिल्ममा सुरेश अधिकारीको संगीत रहनेछ । हिट फिल्म ‘धड्कन’ को सिक्वेलको रुपमा यो फिल्म बन्न लागेको हो ।

सम्बन्धित खवर