बुद्धि तामाङ र धीरेन शाक्यको फिल्म ‘चोर र पुलिस’को ट्रेलर रिलिज - Crazysaptahik.com

बुद्धि तामाङ र धीरेन शाक्यको फिल्म ‘चोर र पुलिस’को ट्रेलर रिलिज

क्रेजी संवादाता

काठमाडौं । आगामी कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । कलाकारको उपस्थितिमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ ।

‘कबड्डी’ फेम्ड बुद्धि तामाङको प्रमुख भूमिका रहेको फिल्ममा धीरेन शाक्य, शोभित बस्नेत, राजेन्द्र खड्गी, सुलेमान शंकर, जयकिशन बस्नेत र कविता रायको अभिनय छ । लामो समयपछि धीरेन र राजेन्द्रले यही फिल्ममार्फत रजतपटमा कमब्याक गर्दैछन् ।

घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारवाही वरपर फिल्म घुमेको छ । रोमान्स, इमोसन र एक्सन फिल्ममा छन् । बुद्धिले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने शोभित खलपात्रको भूमिकामा छन् ।

आरएल लामा मोक्तान निर्देशित फिल्मलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन् ।

 

 

सम्बन्धित खवर