कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त - Crazysaptahik.com

कलाकार रामचन्द्र अधिकारी भोलि अस्पतालबाट डिस्चार्ज हुने, भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त

दुई सातादेखि अस्पतालमा उपचाररत अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ । उनको उपचारमा सहयोग गर्दै आएको नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो ।

‘उहाँको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्,’ संघका सदस्य गोपाल ढकालले भने । निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत छन् ।

उपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि कलाकार संघ र स्वयं अधिकारीले यसप्रति खेद जनाएका छन् । कलाकार संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति खेद व्यक्त गरेको छ ।

हल्ला फैलाउने सामाजिक सञ्जालका केही पेज र व्यक्तिलाई साइबर ब्युरोमा उजुरी दिने कलाकार संघको तयारी रहे पनि अधिकारीको आग्रहपछि रोकिएको छ ।

संघका कार्यवाहक अध्यक्ष सानुकुमार ताम्राकार लगायत सदस्यहरुले बारम्बार अधिकारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझिरहेको जानकारी पनि कलाकार संघले दिएको छ ।

सम्बन्धित खवर