अपूर्वको लागि विशाल गौतम र हिमेश पन्तसहितका कमेडियनले थाले आर्थिक संकलन - Crazysaptahik.com

अपूर्वको लागि विशाल गौतम र हिमेश पन्तसहितका कमेडियनले थाले आर्थिक संकलन

क्रेजी संवादाता

काठमाडौं । अदालतको आदेशपछि रिहा भएका अपूर्व क्षितिज सिंहलाई अरु कमेडियनको पनि साथ मिलिरहेको छ । विशाल गौतम, हिमेश पन्त, आदर्श मिश्रासहितका अन्य स्ट्यान्डअप कमेडियनले अपूर्वको लागि भन्दै आर्थिक संकलन अभियान थालेका छन् ।

कमेडियन गौतमले फेसबुकमार्फत अपूर्वका बुवा जयशंकर सिंहको एनआईसी एसिया बैंकमा रहेको ४५८७८८६३७७५२४००१ नम्बरको खातामा अर्थ संकलन थालेका हुन् । विशालले भनेका छन्, ‘हामी सबै कमेडियन मिलेर अपूर्व क्षितिज सिंहको बुवाको खातामा पैसा डोनेट गर्न लागिरहेका छौं ।

यो होइन कि उसले तिर्न सक्छ वा सक्दैन, तर यदि बोलेको मूल्य चुकाउन तिर्नपर्छ भने म पनि तयार छु । हाम्रा सबै कमेडियन तयार हुनुहुन्छ ।’ ‘यो देशमा बसेर बोलेको मूल्य चुकाउनुपर्छ भने म पनि मूल्य चुकाउन तयार छु ।

अरु केही भन्न पनि सकिरहेका छैनौं । लाचार छौं । गर्न केही पनि सकिरहेका छैनौं,’ विशालले भिडियो सन्देशमार्फत भनेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.