रिषभ शेट्टीको ‘कांतारा’ अघिल्लो शुक्रबार हिन्दीमा हलमा रिलिज भयो र एक हप्तादेखि फिल्मले जसरी कमाइरहेको छ, त्यो कसैले पनि सायद सोचेको थिएन । गत ३० सेप्टेम्बरमा थिएटरमा ‘कांतारा’ कन्नडमा रिलिज भयो ।
यसले उत्कृष्ट रिभ्यु पायो र कर्नाटकमा यसको टिकट पाउन नै मुश्किल भयो । साउथका अन्य राज्यमा पनि जहाँ ‘कांतारा’ रिलिज भयो, त्यसले जोडदार प्रतिक्रिया पायो ।
सोसल मिडियामा हिन्दी दर्शक पनि ‘कांतारा’ बारे कुरा गरिरहेका थिए र निर्माण पक्षले दर्शकको प्रतिक्रिया हेरेर १४ अक्टोबरमा थिएटर्समा फिल्मको हिन्दी भर्सन पनि रिलिज गरे ।
हिन्दी भाषी राज्यमा ‘कांतारा’ को अगाडि सबैभन्दा ठूलो चुनौती आयुष्मान खुरानाको ‘डाक्टर जी’ थियो, जसको मार्केटिङ पनि बेस्सरी भयो र फिल्मको ट्रेलर पनि मानिसहरुलाई निकै मनपर्यो ।
तर अहिले के भएको छ कि पछिल्लो दिन दिनदेखि कांतारा हिन्दीले बक्स अफिसमा ‘डाक्टर जी’ भन्दा पनि बढी कमाई गरिरहेको छ । ‘कांतारा’ को हिन्दी भर्सनले बिहिबार बक्स अफिसमा १.९० करोडको कलेक्सन गरेको छ ।
बुधबार फिल्मले १.९० करोड भारु कमाएको थियो अर्थात् बिहिबार कमाईमा थोरै गिरावट छ । कुनै खासै मार्केटिङ बिना नै रिलिज भएको ‘कांतारा’ हिन्दीको ओपनिङ कलेक्सन १.२७ करोड भारु थियो । त्यसको भोलिपल्टै फिल्मले दोब्बर कलेक्सन गर्यो र पहिलो विकेन्डमा यसको कलेक्सन ७.५२ करोड भारु रह्यो ।