बाबु बोगटीले ल्याए ‘सान्नानी २ : एकानी दुवानी तीनानी’ - Crazysaptahik.com

बाबु बोगटीले ल्याए ‘सान्नानी २ : एकानी दुवानी तीनानी’

गायक बाबु बोगटीले नयाँ गीत ‘एकानी दुवानी तीनानी’ ल्याएका छन् । यसलाई उनले झण्डै एक दशकअघि रिलिज भएको आफ्नो चर्चित गीत ‘सान्नानी’को दोस्रो भाग ‘सान्नानी २’ भनेका छन् ।

बाबुले केही समयअघि ‘नयाँ पुस्तालाई रिकल गर्न’ भन्दै ‘सान्नानी’ गीतको रिमेक भर्सन समेत ल्याएका थिए । ‘रिमेकले पुरानो गीतलाई रिकल गयो र सान्नानी २ लाई प्रतीक्षित बनायो भन्ने मलाई लाग्छ ।

नयाँ गीतको भावलाई पुरानो गीतसँग जोड्ने कोसिस गरिएको छ,’ उनले भने । ‘सान्नानी २’मा बाबु बोगटीकै शब्द तथा संगीत रहेको छ भने सञ्जय हमालले एरेन्ज गरेका छन् । गीतको भिडियोमा ‘सान्नानी’ अभिनेत्री नन्दिता केसी र बाबु स्वयं फिचर्ड छन् ।

प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन रहेको छ ।पछिल्लो समय अमेरिकामै धेरै बसोबास गर्दै आइरहेका गायक बाबु बोगटीका तुलसी आँगनमा, जमुना, सानो छ गाउँ, टिकुली लगायत गीत पनि चर्चित छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.