तिहारमा अक्षय र अजय ‘आमनेसामने’, टिकट बुकिङमा ‘थ्यांक गड’को नयाँ रणनीति - Crazysaptahik.com

तिहारमा अक्षय र अजय ‘आमनेसामने’, टिकट बुकिङमा ‘थ्यांक गड’को नयाँ रणनीति

तिहारको छेको पारेर मंगलबार बलिउडका दुई सुपरस्टारका फिल्म रिलिज हुँदैछन् । अक्षयकुमारको ‘रामसेतु’ र अजय देवगणको ‘थ्यांक गड’ २५ अक्टोबरबाट सिनेमा हलमा आमनेसामने हुँदैछन् ।

दुवै फिल्मले अग्रिम टिकट बुकिङ खुलाइसकेका छन् भने बुकिङमा वितरकले नयाँ नयाँ रणनीति समेत अपनाउन थालेका छन् । टी सिरिजको प्रस्तुति रहेको थ्यांक गडलाई अनिल थडानीले वितरण गर्दैछन् ।

यसका लागि उनले नयाँ शैली अपनाएका छन्, जसलाई ‘मास्टरस्ट्रोक’ भनिन्छ । थडानीले देशभरका प्रदर्शकलाई थ्यांक गडका लागि नियमित अर्थात् न्यूनतम मूल्य मात्र राख्न मेल पठाएका छन् ।

वितरकले प्रदर्शकहरुलाई रामसेतुको तुलनामा २० प्रतिशत कम टिकट दर राख्न आग्रह गरेको थडानीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘बढीभन्दा बढी परिवार सिनेमा घरमा गएर दिवालीको आनन्द उडाउन सकुन्,’ थडानीले भनेका छन् ।

टिकट दरको यस्तो रणनीति सन् २०२२ को हिट फिल्म ‘भूलभुलैया २’ ले पनि अपनाएको थियो । जसको नतिजा फिल्म बक्स अफिसमा ब्लकबस्टर सावित भयो । इन्द्र कुमार निर्देशित ‘थ्यांकगड’मा अजय देवगणका साथै सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह प्रमुख भूमिकामा छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.