कट्रिना कैफले हालै आफ्नो विगतको जीवनको बारेमा ठूलो खुलासा गरेकी छिन् । हालैको एक अन्तर्वार्तामा उनले सन् २००३ मा आएको फिल्म सायामा अभिनयका लागि अस्वीकृत हुँदा आफूलाई धेरै हदसम्म डिप्रेशनमा पुयाएको बताएकी हुन् ।
अस्वीकृत भएको कुरा सुनेर आफू धेरै बेर रोएको र आफ्नो करियर सुरु हुनुभन्दा पहिले नै समाप्त भएको ठानेको पनि कट्रिनाले बताइन् । यो रिजेक्शनपछि आफू कहिल्यै हिरोइन बन्न नसक्ने सोच समेत पलाएको उनले सुनाइन् ।
हालै मिडियालाई दिएको एक अन्तर्वार्तामा कट्रिनाले भनिन्– ‘साया फिल्ममा एक सट मात्र सुटिङ गरेपछि मलाई निकालियो । निकालिएको होइन, रिप्लेस गरियो । चलचित्रमा जोन अब्राहम र तारा शर्मा मुख्य भूमिकामा थिए।
त्यतिबेला मलाई मेरो जीवन र करियर दुवै एकै समयमा समाप्त भएको महसुस भयो । म धेरै बेर यो सुनेर रोएँ ।’ साया २००३ मा रिलिज भएको यो हलिउड फिल्म ड्र्यागनफ्लाइको कपी थियो जसलाई अनुराग बसुले निर्देशन गरेका थिए।
फिल्ममा जोन अब्राहम, तारा शर्मा र महिमा चौधरीको मुख्य भूमिका थियो । फिल्म महेश भट्टले निर्माण गरेका थिए ।