६ वर्षपछि रिहानाको सांगीतिक पुनरागमन, ‘ब्ल्याक प्यान्थर २’ को शीर्ष गीत रिलिज - Crazysaptahik.com

६ वर्षपछि रिहानाको सांगीतिक पुनरागमन, ‘ब्ल्याक प्यान्थर २’ को शीर्ष गीत रिलिज

विश्व संगीतको लागि एउटा पर्खाइ सकिएको छ । नयाँ गीत ‘लिफ्ट मी अप’ रिलिजसँगै अमेरिकी गायिका रिहानाको सांगीतिक पुनरागमन भएको छ । प्रदर्शन तयारीमा रहेको मार्भल सुपरहिरो फिल्म ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभरको ओर्जिनल साउण्ड ट्रयाक इन्टरनेटमा सार्वजनिक भएको छ ।

रिहाना स्वयंले लेखेको गीत फिल्मका मुख्य चरित्रमा अभिनय गरेका चाडविक बोसम्यानप्रति समर्पित छ । अभिनेता बोसम्यानको हालै क्यान्सरका कारण निधन भएको थियो । बुधबार भएको फिल्मको अमेरिका प्रिमियरमा समेत रिहाना उपस्थित थिइन् ।

गीतकार समेत रहेका टेडले रिहानाको आवाजमा गीत निर्माण हुनु उनीप्रतिको सम्मान भएको बताएका छन् । रायन कुगलर निर्देशित यो फिल्म आगामी शुक्रबार नेपालसहित विश्वभर प्रदर्शन तयारीमा छ ।

 

सम्बन्धित खवर