भुवनको दाबीबारे सुस्मिताको टिप्पणी : खुसीपूर्वक अलग भएका थियौं, म अहिले पनि सिंगल छु - Crazysaptahik.com

भुवनको दाबीबारे सुस्मिताको टिप्पणी : खुसीपूर्वक अलग भएका थियौं, म अहिले पनि सिंगल छु

तिहार छेकोमा अभिनेता भुवन केसी प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा थिए । त्यहाँका नेपाली मिडियाकर्मीसँग अन्तर्वार्ता पनि दिन उनले भ्याए । आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे पनि भुवनले उक्त अन्तर्वार्तामा बोलेका थिए ।

भुवनको उक्त कुराकानीले यतिबेला निकै चर्चा बटुलिरहेको छ । उक्त कुराकानीमा भुवनले पूर्वपत्नी सुस्मिताकै कारण आफूसँग डिभोर्स भएकोदेखि सुस्मिताले पुनः विवाह गरेको कुरा उल्लेख गरेका थिए ।

त्यसयता आफूहरुबीच कुराकानी नभएको समेत उनले बताएका थिए ।  भुवनको उक्त अन्तर्वार्तामा आफूलाई समेत जोडेपछि सुस्मिताको प्रतिक्रिया सतहमा आएको छ ।

‘म अहिले पनि सिंगल छु र भारतमा परिवारसँग बसिरहेकी छु । मविरुद्धका आरोपहरु पूर्णतः आधारहीन छन् । हामीले सन् २००२ मा खुसीपूर्वक सम्बन्धविच्छेद गरेका थियौं ।

अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिंदै हिंडिरहनुभएको छ ?’ समाजका अगाडि आफ्नो चरित्रलाई बदनाम गराउँदै भुवन हिंडेको समेत सुस्मिताले उल्लेख गरेकी छन् ।

सम्बन्धित खवर