सलोनको विवाह र फिल्म रिलिज एकसाथ, ‘मीलन’ मंसिर ९ मा पुग्यो - Crazysaptahik.com

सलोनको विवाह र फिल्म रिलिज एकसाथ, ‘मीलन’ मंसिर ९ मा पुग्यो

यसपटकको मंसिर अभिनेता सलोन बस्नेतको लागि खास हुनेछ । प्रेमिका करिश्मा केसीसँग उनले सोही महिनाको १२ गते विवाह गर्दैछन् ।अर्को महत्वपूर्ण खबर के भइदियो भने उनी अभिनित पछिल्लो फिल्म मीलनको प्रदर्शन पनि पनि पोस्टपोण्ड भएर मंसिर ९ गते पुगेको छ ।

विवाहको चार दिनअघि फिल्म रिलिज हुने निश्चित भएको छ । निर्देशक टेक पौरखी राईले कात्तिक १८ गतेको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको बताए । ‘फिल्म जुधाउने हाम्रो उद्देश्य छैन र अर्कोतर्फ हाम्रा नायक कुशल ठकुरी डेंगु संक्रमित भएका छन्,’ राईले  भने ।

विवाहकै छेकोमा फिल्मको रिलिज निश्चित भएपछि सलोनलाई चटारो हुनेछ । विवाहको तयारीमा जुट्नुपर्ने बेला फिल्मको प्रचारमा समेत समय दिनुपर्ने भएपछि सलोनलाई समय व्यवस्थापनको धपेडी पर्नेछ ।

मंसिर ९ मा बलिउड फिल्म भेडिया रिलिज हुँदैछ भने अहिलेसम्म अन्य नेपाली फिल्मले रिलिज डेट निश्चित गरिसकेका छैनन् ।

सम्बन्धित खवर