‘मह’ बाट धेरै कुरा सिक्न पाएँ– अञ्जना - Crazysaptahik.com

‘मह’ बाट धेरै कुरा सिक्न पाएँ– अञ्जना

नेपाली रजतपटमा बर्षेनी थुप्रै नव कलाकार भित्रिने गर्दछन् । तीमध्ये कति सफल हुन्छन् भने कति बीचमै हराउँछन् । यहि क्रममा अरुण क्षेत्री र अञ्जना बराइलीको पनि नेपाली फिल्म क्षेत्रमा प्रवेश भएको छ ।

यी दुवै ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरूष’ बाट भित्रिएका हुन् । फिल्ममा उज्वल भबिस्यको सपनासहित कलाकारितामा भित्रिएका दुबैको सपना भने एउटै छ । त्यो हो सफल र ब्यवसायी कलाकार बन्ने ।

‘महापुरूष’ ले रिलिजको दिन देखि नै राम्रो ब्यवसाय गरेकोले उनीहरुको सपना केहीहदसम्म पुरा हुने बाटोमा रहेको अनुमान गर्न सकिन्छ । बाल्यकालदेखि नै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठुलो र सानो पर्दामा हेर्दै हुर्किएका अरुण फिल्ममा हरिवंशको कान्छो छोरा र अञ्जना मदनकृष्णकी छोरीको भूमिकामा छन् ।

‘आफ्नो आइडल कलाकारसँग अभिनयमा डेब्यु गर्न पाउँदाको खुसी व्यक्त गर्ने शब्द नै मसँग छैन’, अरुणले भने । अरुण फिल्ममा अडिसन मार्फत छानिएका हुन् । त्यस्तै मोडलिङ र म्युजिक भिडियोमा अभिनय रमाइरहेकी अञ्जना पनि अडिसन मार्फत फिल्ममा छानिएकी हुन् ।

‘मैले केहि फिल्म अभिनयका लागि अडिसन पनि दिएकी थिएँ’ उनले भनिन्, ‘मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा निकै खुसी छु ।’ ‘क्यारेक्टर बाच्न उहाँहरूमार्फत सिके । सरलता, सामिप्यता, सहयोगी भावले हामी जस्ता नयाँ कलाकारलाई धेरै हौसला र उर्जा थप्छ’, उनले थपिन्–‘छायाङ्कन अवधिभर अभिभावकको कमि महसुस भएन ।’

सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरुष’ मह, अन्जना, अरुको अलवा गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेख्न, निर्देशनमा तयार भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.