नेपालमा ‘ब्ल्याक आडम’लाई एक करोड, ७७ लाखमा समेटियो ‘वान पिस रेड’ - Crazysaptahik.com

नेपालमा ‘ब्ल्याक आडम’लाई एक करोड, ७७ लाखमा समेटियो ‘वान पिस रेड’

ड्वेन रक जोन्सन स्टारर हलिउड सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँको आँकडा पार गरेको छ । फिल्मले दोस्रो सप्ताहन्त (आइतबार)सम्म १ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

फिल्मको लाइफटाइम कलेक्सन अब एक करोड १० लाख ग्रस आसपासमा समेटिने देखिएको छ । ‘हाम्रा लागि यो महत्वपूर्ण आँकडा हो,’ एप्पलकी कविता महर्जनले भनिन् । तिहार बिदाको फाइदा पनि फिल्मले उठायो ।

एक साता तिहार बिदा भएकाले अंग्रेजी दर्शकसामु फिल्मले उत्कृष्ट कमाइ गर्न सक्यो । केही बाहेक नेपालमा हलिउड फिल्मले करोडको आँकडा पार गर्न सकिरहेका छैनन् । यस्तोमा डीसी कमिक्सको सुपरहिरो फिल्मलाई लिएर प्रतीक्षा पनि थियो ।

नेपालमा द रक जोन्सनको राम्रै फ्यान फलोइङ समेत छ । यसैबीच, जापानी फिल्म ‘वान पिस रेड’ले आइतबारसम्म ७७ लाख रुपैयाँ ग्रस कमाएको छ । सीमित पर्दामा रिलिज भएको फिल्मको यो ‘सुपरहिट’ कमाइ नै हो ।

यस वर्ष जापानी बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड समेत वान पिसले राखेको थियो ।

सम्बन्धित खवर