८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने नम्रता श्रेष्ठको इच्छा - Crazysaptahik.com

८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने नम्रता श्रेष्ठको इच्छा

अभिनेत्री नम्रता श्रेष्ठ एड्भेन्चर रुचाउने स्वभावकी सेलिब्रिटी हुन् । हिमाल घुम्ने, हाइकिङमा निस्कनेदेखि किक बक्सिङसम्म उनका रुचि छन् । हुनसक्छ यही कारण नम्रताको फ्यान सर्कल पनि पर्वतारोहणदेखि स्पोर्टीजस्तो देखिन्छ ।

नम्रता केही दिनअघि कीर्तिमानी आरोही निर्मल पुर्जाले खोलेको पर्वतारोहण स्टोरमा पुगिन्, जहाँ उनलाई पुर्जासहित अन्य आरोहीसँग देखियो । नम्रता र निर्मल एकअर्कामा निकट पनि छन् । निर्मलको नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स’को काठमाडौं प्रिमियरमा नम्रता विशेष अतिथि पनि बनेकी थिइन् ।

किट र गियर पाइने पुर्जाको मेरियट होटलस्थित स्टोर घुमेपछि नम्रताले आठ हजारभन्दा अग्ला हिमाल चढ्ने इच्छा व्यक्त गरेकी छन् । ‘मलाई पदयात्रा गर्न मन पर्छ । लोबुचे हिमाल चढ्ने मौका पनि पाएकी थिएँ ।

तर फोर्टिन पिक्स फिल्म हेरिसकेपछि आठ हजारभन्दा अग्ला हिमाल पनि चढ्न सक्छु जस्तो लाग्छ । मलाई यतिबेला लागिरहेको छ, म हिमाल आरोहणमा सक्षम छु,’ नम्रताले भनेकी छन् ।

फिल्म फोर्टिन पिक्स आरोही निर्मल पुर्जाको कीर्तिमानी हिमाल आरोहणमाथि बनेको नेटफ्लिक्स डकुमेन्ट्री हो । कामको कुरा गर्दा नम्रता यतिबेला नयाँ फिल्म ‘ग्रहण’को तयारीमा छिन् ।

सम्बन्धित खवर