तेस्रो विवाहको चर्चाबीच अमेरिकामा रोमान्टिक देखिए भुवन र जिया - Crazysaptahik.com

तेस्रो विवाहको चर्चाबीच अमेरिकामा रोमान्टिक देखिए भुवन र जिया

 

तिहारअघि नै अमेरिका घुम्न निस्किएका चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी काठमाडौं फर्किंदैछन् । ग्लोबल फिल्म अवार्ड समारोहमा भाग लिन प्रेमिका जिया केसीलाई लिएर डेन्भर उडेका भुवन त्यहाँ झण्डै दुई साता रहे ।

 

नेपाली समुदाय, आफन्त र अमेरिकास्थित परिवारलाई भेट्ने काममा उनी व्यस्त रहे । भुवनको अमेरिका भ्रमण फिल्म अवार्ड र घुमघामभन्दा तेस्रो विवाह सम्बन्धी उनको एक अन्तर्वार्ताले चर्चामा आयो ।

जसको तरंग भारतमा रहेकी उनकी पूर्वपत्नी सुस्मितासम्म पुग्यो । सुस्मिताले यसबारे टिप्पणी समेत गरिसकेकी छन् । अमेरिकामा रहँदा भुवन र जिया घुमघाममा निकै रोमान्टिक पनि देखिए । युनिभर्सल स्टुडियो घुम्ने, गल्फ खेल्नेदेखि अन्य रोमान्टिक ठाउँ घुम्नेसम्मका तस्वीर देखिए ।

जियाले भुवनसँगका रोमान्टिक तस्वीर सार्वजनिक गरेकी छन् । तेस्रो विवाहको चर्चाबीच यो जोडीको चर्चा अहिले पुनः सुरु भएको छ । भुवनले त चाँडै गुड न्युज समेत आउने बताइसकेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.