एलन मस्कले ट्वीटर किनेपछि सेलिब्रिटीमाझ तरंग :कान्ये वेस्ट फर्किए, सोन्डा राइम्सले छाडिन् - Crazysaptahik.com

एलन मस्कले ट्वीटर किनेपछि सेलिब्रिटीमाझ तरंग :कान्ये वेस्ट फर्किए, सोन्डा राइम्सले छाडिन्

अर्बपति एलन मस्कले ट्वीटर खरिद गरेपछि विश्वभर तरंग फैलिएको छ । कतिपय मस्कको पक्षमा उभिएका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रताका लागि कालो दिन भन्दै ट्वीटर प्लेटफर्म छाड्ने घोषणा गरेका छन् ।

कतिपय सेलिब्रिटीले मस्कको युग सुरु भएपछि पनि ट्वीटरमै रहने बताइसकेका छन् भने कतिपयले ट्वीटर प्लेटफर्म त्याग्ने जनाएका छन् । प्लेटफर्म प्रयोग गर्ने घोषणा चाहिं हलिउड फिल्म निर्माता सोन्डा राइम्सले गरेकी छन् ।

अन्य केही कलाकारले पनि ट्वीटर घृणात्मक अभिव्यक्ति दिने प्रयोगकर्ताको प्लेटफर्म बन्ने भन्दै चिन्ता जाहेर गरेका छन् । मस्कले ट्वीटर खरिद गरेको केही घण्टामै ¥यापर कान्ये वेस्ट ट्वीटरमा फर्किएका छन् । उनको निलम्बित ट्वीटर ह्याण्डल सक्रिय भएको छ ।

यसअघि हेट स्पिच दिएको भन्दै ¥यापर वेस्टलाई ट्वीटरले निलम्बित गरिदिएको थियो । १.९ मिलियन जनाले पछ्याएका फिल्म ‘ग्रेज एनाटोमी’की निर्मात्री सोन्डा राइम्सले ट्वीटर छाडेको घोषणा गरेकी छन् ।

अर्का अमेरिकी फिल्म निर्माता केन ओलिनले पनि प्लेटफर्म छाडेको जनाएका छन् ।‘फ्रोजन’ स्टार जोस गाडले पनि मस्कको आगमनपछि ट्वीटर प्रभावित हुने भन्दै चिन्ता जाहेर गरेका छन् ।

सम्बन्धित खवर