
कीर्तिपुर सिमसार क्षेत्रमा सांगीतिक महोत्सव हुने भएको छ । कुटुम्ब ब्याण्ड र विथ लोकल्स नेपालको संयुक्त आयोजनामा यही कात्तिक २६ गते महोत्सव हुन लागेको हो । विथ लोकल्स नेपालका निकेश महर्जनका अनुसार कीर्तिपुरलाई सिमसार क्षेत्रको रुपमा प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो ।
महोत्सवका लागि एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ । कटुम्ब, कान्ता दब–दबसहित अन्य सांगीतिक ब्याण्डले समेत महोत्सवमा प्रस्तुति दिने भएका छन् ।

