‘ठग्स अफ हिन्दुस्तान’ नचलेपछि तनाबमा अमिर खान - Crazysaptahik.com

‘ठग्स अफ हिन्दुस्तान’ नचलेपछि तनाबमा अमिर खान

एजेन्सी- अमिर खान पछिल्लो समय अत्यन्तै तनाबमा रहेका छन् । कारण हो उनको महँगो फिल्म ठग्स अफ हिन्दुस्तानले न दर्शकबाट र समिक्षकबाट राम्रो प्रतिकृया नपाउनु ।
त्यसकारण अचेल आमिर तनावग्रस्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

थ्री इडियट्स, पिके, दंगलजस्ता सुपरहिट फिल्मका कारण दर्शकले आमिर खानबाट निकै नै आशा गर्ने गर्दछन् ।तर ठग्स अफ हिन्दुस्तानबाट दर्शकले सोचे जसतो पाउन सकेनन् ।बलिउडका बिग बी अमिताभ बच्चनसँग आमिरले स्क्रिन सेयर गरेको यो फिल्मप्रति दर्शकले निकै आशा राखेका थिए । तर, फिल्मले दर्शकलाई निराश पारेको छ ।

पहिलो दिन निकै आक्रामक व्यापार गरेको फिल्मको माउथ पब्लिसिटी र रिभ्यु खराब आएकाले दोस्रो दिनदेखि व्यापारमा स्वाट्टै ह्रास आएको हो ।फिल्म सोचेजस्तो राम्रो नभएको आभास आमिरलाई पहिले नै भएको समेत केही मिडियाले दाबी गरेका छन् ।

फिल्म राम्रो नभएकाले नै आमिरले खुलेर पब्लिसिटी नगरेको समेत अहिले चर्चा छ । फिल्मलाई विजयकृष्ण आचार्यले निर्देशन गरेका हुन् ।यो फिल्मबाट आफूले गाली खाइरहेकाले आमिर अब केही समय पर्दामा नआउने योजनामा रहेको बताइन्छ ।आमिरले आफ्नो ड्रिम प्रोजेक्ट महाभारत सुरु गर्न लागेका छन् ।

सम्बन्धित खवर