दयाहाङले छाडे ‘लप्पन छप्पन २’, भित्रिए शक्ति - Crazysaptahik.com

दयाहाङले छाडे ‘लप्पन छप्पन २’, भित्रिए शक्ति

अहिले चलचित्र ‘लप्पन छप्पन २’को धमाधम छायांकन भइरहेको छ । विगत केही दिनदेखि निर्माण यूनिटले अष्ट्रेलियामा चलचित्रको छायांकन गरिरहेको छ । चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरिरहेका छन् ।

चलचित्रको छायांकन यसअगाडि युरोपमा गर्ने भन्दै मुख्य कलाकार यूरोप पुगेका थिए । तर, ११ दिनसम्म कलाकारले विना काम यूरोपमा बसेर फर्किए । चलचित्रको छायांकन यूरोपमा हुन सकेन ।

चलचित्रको छायांकन निर्धारित समयमा नभएपछि दयाहाङ राईले चलचित्रबाट हात झिके । पहिलो सिरिजमा पनि राईको नै मुख्य भूमिका थियो । तर, दोस्रो सिरिज छायांकनमा निर्माण पक्षले ढिलासुस्ती गरेपछि दयाले बाहिरिने निर्णय गरेका हुन् । चलचित्र निर्माणमा ढिलासुस्ती भन्ने कुरा भइ नै रहेका छन् । तर, दयाहाङ भने आजकाल निक्कै स्टारडम पस्कन थालिसकेका छन् । अलिकति ढिलो भयो कि उनी फिल्मबाट हात झिकिहाल्छन् । किनकि अहिले उनी चलेका छन् । सुरुवातमा उनी सहायक रोल हुंदा पनि दिनभर सेटमा बस्ने गरेका थिए ।

अब, भने दयाहाङले गर्ने भनिएको भूमिकामा शक्ति श्रेष्ठ फाइनल भएका छन् । शक्ति नायक शिव श्रेष्ठका छोरा हुन् । उनी, अष्ट्रेलियामा नै बस्दै आएका छन् । उसो त शक्तिले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट यो क्षेत्रमा डेब्यू गरेका हुन् । तर, यो चलचित्रको छायांकन नै पुरा हुन सकेको छैन । शक्ति अष्ट्रेलियाबाट नफर्किएपछि यसको छायांकन सुरु हुन नसकेको हो ।

सम्बन्धित खवर