सलमानको फिल्म खेल्दै सुनिल थापा - Crazysaptahik.com

सलमानको फिल्म खेल्दै सुनिल थापा

एकताका चर्चित अभिनेता सुनील थापा सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने भएका छन् ।

वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ मा विरगञ्ज पुगेका थापाले आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका थिए । ‘प्रोडक्सन टिमबाट प्रस्ताव आएको हो, मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ,’ थापाले भने, ‘३ वटा नेपाली फिल्मको छायांकन बाँकी रहेकाले जनवरीदेखि मात्र म फुर्सदिलो हुन्छु, त्यसपछि क्वाथाको छायांकनमा व्यस्त हुन्छु ।’

‘क्वाथा’ बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल क्याफले डेब्यु गर्न लागेकी हुनाले पनि यो फिल्म तीब्र प्रतीक्षित छ । आयुष शर्मा मुख्य भूमिकामा रहने यो फिल्मको निर्देशन करन भने भुटानीले गर्दै छन् ।

भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’ मा थापा त्यहाँको मुखियाको भूमिका रहने छन् । झन्डै ३ सय नेपाली फिल्म खेलेका यी अभिनेता थापा सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट बलिउडमा प्रवेश गरेका हुन् । त्यसपछि तेलगु फिल्म ‘काश्मिर कादली’ मा अभिनय गरेका उनले त्यसलगत्तै बलिउडको अर्को अत्यन्त सफल फिल्म ‘एक दुजेके लिए’ मा अभिनयको अवसर पाए, जसले उनलाई बलिउडमा राम्रो नाम र पहिचान पनि दियो ।

सम्बन्धित खवर