द भ्वाइस अफ नेपाल टप १२ मा पर्न सफल रामको अपिल - Crazysaptahik.com

द भ्वाइस अफ नेपाल टप १२ मा पर्न सफल रामको अपिल

 

क्रेजी साप्ताहिक
मोरङ । झापा विर्तामोडका राम लिम्बु रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ मा आफ्नो दमदार प्रस्तुतिका कारण लाईभ राउन्डमा प्रवेश गरेका छन् ।

टिम प्रमोदमा रहेका लिम्बुले लोभ लाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १२ सम्म पर्न सफल भएका हुन् । उनले गायक सबिन राईको चर्चित गीत ‘गुरांसको फुदमुनी…’ प्रस्तुत गरेका थिए । रामको सो प्रस्तुतिले सबै जर्जहरु र उपस्थित दर्शकहरुको औधी तालीको पर्रा पाएको थियो । अहिले सामाजिक सञ्जालमा पनि शो भिडियो भाइरल भएको छ ।

झापाको हल्दीबारीमा जन्मिएका राम विर्तामोडवासी हुन् । विर्तामोडमा ५ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय नेपालीसियन ब्याण्डका भोकलिस्ट पनि रहेका उनी आफ्नो सांगीतिक यात्रामा सिनियर दाई आशिष बुढाथोकीसँग सहकार्य गरेको बताउँछन् ।

ग्लोरी स्कुलमा कक्षा–१० सम्मको अध्ययन पश्चात् वाल्मीकि प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी सबैलाई भोट गरिदिन आफ्नो फेसबुक पेजबाट अनुरोध गरेका छन् । रामलाई भोट गर्न नेपालमा रहनुभएका दर्शकहरुले मोबाइलको म्यासेन्टरमा गई ८ टाइप गरी ३७००० सेन्ड गर्नुपर्ने हुन्छ । यस्तैगरी कतारमा रहनुहुनेहरुले ८ टाइप गरी ९२३००० र इन्डियाबाट ८ टाइप गरी ५३०१० मा सेन्ड गरी भोटिङ गर्न सकिनेछ । यस्तै प्रभु पे डाउनलोड गरी अनलाइनबाट पनि भोट गर्न सकिनेछ । भोटिङ लाइन शुक्रबारबाट खुला हुनेछ ।

रामको प्रस्तुति भिडियो :-

https://www.youtube.com/watch?v=rMaAB12ngPM

 

सम्बन्धित खवर